काठमाण्डौ। नयाँ सरकारको इन्ट्री भएसँगै नेपाल धितोपत्र बोर्डमा नयाँ अर्थमन्त्री विष्णू पौडैलले यस अघिका अध्यक्ष नरेन्द्र कूमार रानालाई हटाएका छन्। आज एक कार्यक्रमबीच मन्त्री पौडेलले सेबनको कार्यबाहक अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिएका हुन्।
बरालले बुधबार कार्यबाहक अध्यक्षको सपथ लिइसकेका छन्। उनी गत बैशाख २ गतेदेखि त्रिभुन विमानस्थल भन्सार कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए।
त्यसअघि उनी डेढ बर्षसम्म कम्पनी रजिष्टारको कार्यलयमा प्रमुख थिए। पछिल्लो समय भन्सारभन्दा धितोपत्रबोर्ड बढी चासोको केन्द्र बनेको छ।
नयाँ स्टक एक्सचेञ्ज आउने प्रकिृयामा रहँदै गर्दा धितोपत्रबोर्ड नयाँ भन्सार बनेको बजार जानकारहरुको मत रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।