शनिबार, आश्विन १७,२०८३ 10:29:50
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 10:29:50
Bizshala
Global IME Bank Limited

राष्ट्रिय कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ सम्पन्न, ३ स्टार्टअप फाइनलमा

Bizshala
राष्ट्रिय कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ सम्पन्न, ३ स्टार्टअप फाइनलमा
New Office

काठमाण्डौ । युवामा नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता २०८१’ बुधबार काठमाण्डौमा सम्पन्न भएको छ ।  

युथ इनोभेसन ल्यावले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशका युवा उद्यमीको सहभागिता रहेको थियो । युवा कृषि उद्यमीलाई कृषि र खाद्य प्रणालीमा महत्त्वपूर्ण योगदान पु¥याउन सहयोग गर्नेउद्देश्यका साथ आयोजित बुटक्याम्प तीन दिनसम्म सञ्चालन भएको थियो ।

युवा कृषि नवप्रवर्तन प्रतियोगिताका लागि कूल ५८ आवेदनहरू मध्ये २१ कृषिमा आधारित स्टार्टअप प्रतिनिधित्व गर्दै ३८ उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो । यी सहभागीले कृषि तथा प्रविधि, खाद्य प्रणालीदेखि व्यवसाय योजना र अन्य महत्वपूर्ण सवालमा छलफल गरेका थिए। प्रतियोगितामा नेपालका सातै प्रदेशका १८–३० उमेर समूहका युवा नवप्रवर्तक एकै ठाउँमा भेला हुदै कृषि, जैविक मल, कृषि–प्रविधि र नेपाली मौलिक उत्पादनसँग जोडिएका नवप्रवर्तनहरू प्रर्दशनीमा राखिएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त अवसरमा संसद सोबिता गौतमले युवा ऊर्जाले नवप्रवर्तन र परिवर्तनमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरमा जोड दिइन् । उनले कृषि क्षेत्रमा व्याप्त समस्यालाई नवप्रवर्तनकारी समाधान मार्फत अन्त्य गर्न सकिने बताइन् ।

त्यसै गरी नेपाल र भुटानका लागि एफएओ प्रतिनिधि केन सिमिजुले आफ्ने संस्थाका प्राथमिकता प्रकाश पादै युवाले थालनी गरेका प्रयासमा आफ्नो साथ रहेको बताए ।

यूएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेदांगोदा–लाबेले युवामा लगानी बढाउनु पर्ने आवश्यकतालाई महत्व दिदै युवालाई असफल हुने चिन्ताबाट बाहिर निस्कन आग्रह गर्नुका साथै नयाँ सोच–विचारमा केन्दि«त हुन प्रोत्साहन गर्नुभयो ।

युथ इनोवेशन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बुटक्याम्पमा आफ्नो समय र प्रयास समर्पित गर्ने युवा उद्यमीको प्रशंसा गदै कृषि क्षेत्रमा थप युवा संलग्न हुनुपर्ने खाँचोमा जोड दिए ।  

कार्यक्रममा ५८ मध्ये सबैभन्दा नवप्रवर्तक र विस्तारयोग्य तीन स्टार्टअपलाईजनही एक लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको थियो । विजेता स्टार्टअपहरू सतत्व फूड प्रोडक्ट्स, टावरगानिक्स नेपाल र ज्योति हेल्थी स्न्याक्स् रहेका छन् । यी तीन संस्थाहरू अन्तिम आठ समूहमा छनौट भएका स्टार्टअपहरुलेगरेको प्रस्तुतिकोआधारमा छनौट भएका थिए । छनौटकर्तामा पहाडी फुड्सका सह–संस्थापक सञ्जय काफ्ले, खेतिपतिका संस्थापक प्रकृति गौतम, एफएओ नेपालका कार्यक्रम विशेषज्ञ अरुण जीसी र यूएनडिपी नेपालका कार्यक्रम प्रबन्धक(वातावरण तथा अनुकुलता) प्रज्ञाजन यलम्बर राई रहेका थिए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.