मंगलवार, बैशाख ८,२०८३ 07:15:24
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 07:15:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ: युवा मन्त्री चौधरी

Bizshala
युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ: युवा मन्त्री चौधरी
Shivam Cement

काठमाण्डौ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मन्त्री चौधरीले भने, ‘नेपाली युवाहरुलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनुपर्दछ। नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनु नै मुख्य चुनौती हो। यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्दछ।’

मन्त्री चौधरीले युवा शक्तिलाई परिचालन गर्न सकेमात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने जिकिर गरे। उनले युवा जनशक्तिको वढ्दो पलायनमा चिन्ता व्‍यक्त गरे।

नेपाली युवाहरू दिनदिनै एयरपोर्टबाट विदेश उडिरहेका छन्, मन्त्री चौधरीले चिन्ता व्‍यक्त गर्दै भने, ‘युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्न् बेला आएको छ।’

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताए।

बस्नेतले कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत जनसङ्ख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी समेत गराए।

कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषदबीच समन्वय गरी युवाक पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताए।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख दिनेश घिमिरले परिषदकातर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत रिपोर्ट पेश गरेका थिए।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.