बिहीबार, श्रावण १४,२०८३ 02:05:38
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:05:38
Bizshala
Global IME Bank Limited

विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा
New Office

काठमाण्डौ। विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापित योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ। अटोपार्टस इन्टरनेशनल (एपीआई) ले जापानी टायर कम्पनी योकोहामा टायर नेपाल भित्राएको हो। 

नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो। शुक्रबार ‘डिलरमिट’ मार्फत टायरको ’लन्च’ गरिएको थियो।

योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्द्र सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूर्ण बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती समबित हुने बताए।

नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको दाबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए।

अटोपार्ट्स इन्टरनेशनल (एपीआई) का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्वप्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरुले सम्मानित महशुस गरेको बताउँदै नेपाली उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए। १०७ वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सँधै उत्कृष्टता दिने गरेको छ।

सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइनर प्रविधिमा समेत जोड दिने गरेको छ,भने विश्वव्यापी रूपमा यसको उत्पादन र बजार विस्तार आक्रामक रहँदै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.