सोमबार, असार २,२०८२ 04:06:57
  • सोमबार, असार २,२०८२ 04:06:57
Global IME Bank Limited

जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत आर्जन गरे रु.३४ अर्ब प्रिमियम, वृद्धि गर्न नेशनल र एशियन लाइफ अब्बल

Hyundai Nepal
जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत आर्जन गरे रु.३४ अर्ब प्रिमियम, वृद्धि गर्न नेशनल र एशियन लाइफ अब्बल
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिएको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २७ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  

यो बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुनलामा ९.७१ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए ।  

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ९ जीवन बीमकले नयाँ व्यवसायमा उल्लेख्य सुधार गरेका छन् भने ५ वटा कम्पनीको यस्तो व्यवसाय अघिल्लो आवको तुलनामा घट्न पुगेको छ ।  

गत आवको तेस्रो त्रैमाससम्म आर्थिक शिथिलताका कारण जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन सकेका थिएनन् । अधिकांश जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेको थियो । तर गत आवको अन्त्यसम्म आइपुग्दा अधिकांश कम्पनीले यस्तो व्यवसाय वृद्धि गरेका छन् ।  

देशको आर्थिक अवस्था विस्तारै सुधारिदै जानु र बन्द भएका उद्योग व्यवसायहरु समेत सञ्चालनमा आउँदा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय बढ्नमा टेवा पुगेको हो । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले देशको अर्थतन्त्र सुधारोन्मुख नहुँदा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन बढ्न नसकेको बताउँदै आएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको मध्यतिर चरम आर्थिक संकटले गर्दा नै जीवन बीमा कम्पनीहरुमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो थियो । जताततै आर्थिक समस्याले घेरेपछि जीवन बीमा गराउनेको संख्या घट्दै गएको थियो भने बीमा गरिसकेकाले पनि त्याग गर्ने अवस्था आएको थियो । तर गत आवको अन्तिमसम्ममा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन सफल भएका छन् ।  

गत आवको अन्तिमसम्ममा सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनीम नेपाल लाइफ नै अगाडी रहेको छ । कम्पनीले गत आवमा ७ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  

त्यस्तै, दोस्रो बढी नयाँ व्यवसाय भित्र्याउनेमा नेशनल लाइफ रहेको छ । कम्पनीले पनि गत आवमा ५ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । यता एलआइसी नेपालले २ अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा हिमालयन लाइफले पनि २ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको छ ।  

यसका साथै सुर्यज्योति लाइफले २ अर्ब ५३ करोड, सिटिजन लाइफले १ अर्ब ९६ करोड, एशियन लाइफले १ अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८७ करोड, आइएमई लाइफले १ अर्ब ६० करोड, सन नेपाल लाइफले १ अर्ब ५६ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४७ करोड, मेट लाइफले १ अर्ब ३० करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले ७५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  

नयाँ व्यवसाय बढाउन नेशनल र एशियन लाइफ अब्बल  

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ९ वटा कम्पनीले नयाँ व्यवसाय बृद्धि गरेका छन् भने बाँकी ५ वटा कम्पनीको नयाँ व्यवसाय घटेको छ ।  

सर्वाधिक व्यवसाय बढाउनेमा नेशनल लाइफ रहेको छ । अघिल्लो आवमा ३ अर्ब ८७ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको नेशनलले गत आवमा भने ३०.५८ प्रतिशतले यस्तो व्यवसाय बढाएर ५ अर्ब ५ करोड प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ ।  

त्यस्तै, दोस्रोमा एशियन लाइफले पनि २४.८५ प्रतिशतले नयाँ व्यवसाय बृद्धि गरेको छ । अघिल्लो आवमा १ अर्ब ५४ करोेड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क संकलन गरेको यस कम्पनीले गत आवमा भने १ अर्ब ९२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।  

यसका साथै नेपाल लाइफले पनि २०.९९ प्र्रतिशतले नयाँ व्यवसाय बढाउन सफल भएको छ । कम्पनीले अघिल्लो आवमा ६ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमाशुल्क गरेको थियो भने गत आवमा ७ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

त्यस्तै, हिमालयन लाइफले १२.५६ प्रतिशत, आइएमई लाइफले ११.७८ प्रतिशत, एलआइसी नेपालले ९.१७ प्रतिशत, मेट लाइफले ४.२६ प्रतिशत, सिटिजन लाइफले ०.९३ प्रतिशत र सानिमा रिलायन्स लाइफले ०.६० प्रतिशतले नयाँ व्यवसाय बढाएका छन् ।

यस्तो व्यवसाय सर्वाधिक घट्नेमा भने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीको प्रथम बीमाशुल्क आर्जन २०.४८ प्रतिशतले घटेको छ । त्यस्तै, सन नेपाल लाइफको ११.३८ प्रतिशत, सुर्यज्योति लाइफको ६.८९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.८१ प्रतिशत र रिलायबल नेपाल लाइफको २.०५ प्रतिशलते यस्तो व्यवसाय घट्न पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.