जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत आर्जन गरे रु.३४ अर्ब प्रिमियम, वृद्धि गर्न नेशनल र एशियन लाइफ अब्बल
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिएको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २७ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुनलामा ९.७१ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए । सञ्चालनमा रहेका १४ जीवन बीमा...