आईतवार, फाल्गुन ११,२०८१ 11:32:26
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:32:26
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.३५% ले बढ्यो, प्रिमियम कलेक्सनमा नेशनल लाइफको सर्वाधिक ग्रोथ

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.३५% ले बढ्यो, प्रिमियम कलेक्सनमा नेशनल लाइफको सर्वाधिक ग्रोथ
Nabil Bank Limited

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.३५ प्रतिशतले बृद्धि भएको छ । 

गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । चालु आवको वैशाख मसान्तसम्म आइपुग्दा १४ मध्ये दुईवटा कम्पनीको व्यवसाय गत आवको तुलनामा घट्न पुगेको छ भने बाँकी १२ कम्पनीले गत आवको तुलनामा व्यवसाय बढाएका छन् । सो अवधिसम्म सबैभन्दा बढी व्यवसाय भित्र्याउने अर्थात् सर्वाधिक बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले ३२ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरी सर्वाधिक व्यवसाय गर्ने जीवन बीमा कम्पनी बनेको छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

नेशनल लाइफलाई पच्छ्याउँदै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले पनि १४ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यसका साथै हिमालयन लाइफले १३ अर्ब ५१ करोड, सुर्यज्योति लाइफले ७ अर्ब २७ करोड, एशियन लाइफले ६ अर्ब ३८ करोड, राष्ट्रिय जीवन बीमाले ५ अर्ब ७६ करोड, सिटिजन लाइफले ४ अर्ब ७० करोड, सानिमा रिलायन्सले ४ अर्ब ६९ करोड, मेट लाइफले ४ अर्ब ५७ करोड, आइएमई लाइफले ३ अर्ब ६५ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ४१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ३४ करोड र सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

गत आर्थिक वर्षको तुलनामा यस वर्ष सर्वाधिक नेशनल लाइफले व्यवसाय बढाएको छ । गत आवको १० महिनामा १२ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको सो कम्पनीले चालु आवको यस अवधिसम्म १५.६१ प्रतिशतले व्यवसाय बढाएर १४ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा प्रभु महालक्ष्मी लाइफले १३.६७ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । गत वर्ष ३ अर्ब ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवमा ३ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

यसका साथै एशियन लाइफले १२.३१ प्रतिशत, आइएमई लाइफले ११.७७ प्रतिशत, रिलायबल नेपाल लाइफले ९.८२ प्रतिशत, हिमालयन लाइफले ९.८२ प्रतिशत, नेपाल लाइफले ९.२० प्रतिशत, सुर्यज्योति लाइफले ७.२९ प्रतिशत, मेट लाइफले ७.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफले ६.३९ प्रतिशत, सिटिजन लाइफले ६.३६ प्रतिशत र एलआइसी नेपाललले ०.३३ प्रतिशतले व्यवसाय बढाएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने २३.९२ प्रतिशतले घटेको छ । यसका साथै सन नेपाल लाइफको पनि १.६७ प्रतिशतले व्यवसाय घटेको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.