काठमाण्डौ। विद्युत नियमन आयोगले ६ उद्योगमा काटिएको बिजुलीको लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिएको छ।आइतबार बसेको आयोगको बैठकले लिखित निर्देशन दिएको हो। आयोगले उपभोक्ता संरक्षण नियमावलीको नियम १० र १३ प्रति विद्युत प्राधिकरणको ध्यानकर्षण गराएको हो।
नियम १० मा उपभोक्ताले पालाना गर्नुपर्ने कुनै शर्त पालना नभएको भए सोको जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै केही उद्योगमा लाइन काटेको छ। प्राधिकरणले बत्ती काटेपछि उद्योगीहरू रूष्ट बनेका छन्।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विद्युत प्राधिकरणलाई तत्काल लाइन जोड्न निर्देशन दिएका थिए।
त्यसपछि नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो। यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लिखित निर्देशन माग गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।