बिहीबार, श्रावण १४,२०८३ 02:04:08
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:04:08
Bizshala
Global IME Bank Limited

कुखुराको मासुको मूल्य घट्यो, प्रतिकेजी कति ?

कुखुराको मासुको मूल्य घट्यो, प्रतिकेजी कति ?
New Office

काठमाण्डौ । कुखुराको मासुको भाउ घटेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले साउन ७ गतेदेखि लागू हुनेगरी प्रतिकिलो १५ रूपैयाँले कुखुराको मासुको भाउ घटाएको हो ।  

ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ निर्धारण गरिएको छ । यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रुपैयाँ  थियो।

साउन महिनामा मासुको खपत कम हुने भएकाले माग घट्ने भएकाले मूल्यमा कटौती गरिएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.