सोमबार, मंसिर १०,२०८१ 07:23:30
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 07:23:30
IME remit
Global IME Bank Limited

वर्तमान अर्थतन्त्रको संकटलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

Hyundai Nepal
वर्तमान अर्थतन्त्रको संकटलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल
Nabil Bank Limited

काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अर्थतन्त्रको संकटलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।सोमबार अर्थमन्त्रालयमा नेपाल होटल संघका पदाधिकारीसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी केही दिनभित्रै मौद्रिक नीति आउने बताएका हुन्।

Bizshala
Shivam Cement
CG Motors

अर्थमन्त्रीका अनुसार मौद्रिक नीतिबारे छलफल चलिरहेको छ। केही दिनभित्र टुंगोमा पुग्छ। 

उनले भने,‘वर्तमान अर्थतन्त्रको समस्यालाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउँछ। यसमा सबै ढुक्क हुनुहोस्। तपाइँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल गरिरहेको छौँ। केही दिनभित्र टुंगोमा पुग्छ।’ 

यस्तै,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने उनले बताए। 

अर्थमन्त्रीसँगको भेटमा हानका अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिन सक्ने भए पनि बर्सेनि १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे। होटल व्यवसायीहरूले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन समेत उनले आग्रह गरे।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.