मंगलवार, आश्विन २८,२०८२ 09:10:56
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 09:10:56
IME remit
Global IME Bank Limited

टेस्लाको नाफामा व्यापक गिरावट, सेयरमूल्यमा समेत ८% को पहिरो

Hyundai Nepal
टेस्लाको नाफामा व्यापक गिरावट, सेयरमूल्यमा समेत ८% को पहिरो
Shivam Cement

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी टेस्लाको मुनाफामा चालु आवको दोस्रो त्रैमाससम्ममा ४० प्रतिशतभन्दा बढीको गिरावट आएको हो ।  

स्थापित अटो निर्माताहरुसँगको बढ्दो प्रतिस्पर्धा र विश्भर ईभी गाडीको बिक्रीमा आईरहेको सुस्तताका कारण टेस्लाले यति धेरै नाफा गुमाउनु परेको हो । टेस्लाले अमेरिका र अमेरिका बाहिर अन्य ईभी निर्मातासँग तीव्र प्रतिस्पर्धाको सामना गर्नु परिरहेको छ । यसका साथै ग्राहकहरुको ईभीप्रतिको अभिरुचि समेत कम भएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको व्यवसायमा परेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

टेस्लाले दोस्रो त्रैमासमा १.८ बिलियन डलरबराबरको आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ सेन्ट रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा भने ९१ सेन्टबराबरको प्रतिसेयर आम्दानी गरेको थियो ।  

कम्पनीले आफ्ना ईभी गाडीहरुमा गरेको मूल्य कटौतीका कारण समेत नाफा र आम्दानी घटेको छ । यस्तै कम्पनीको खर्च समेत निरन्तर रुपमा वृद्धि भईरहेको छ । स्वचालित कार बनाउने एलन मस्कको योजना अनुरुप कम्पनीले एआई पूर्वाधार विकासका लागि लगानी बढाएकाले कम्पनीको खर्चमा वृद्धि भएको छ ।  

मंगलबार कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको छ । यो वर्ष कम्पनीको सेयरमूल्य १ प्रतिशतले खस्किएको छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.