मंगलवार, बैशाख ९,२०८२ 04:29:40
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 04:29:40
IME remit
Global IME Bank Limited

सौर्य एयरलाइन्स दुर्घटना: मृत्यु भएका १८ जनाकै पोस्टमर्टम थालियो, शव ७२ घन्टापछि आफन्तलाई बुझाइने

Hyundai Nepal
सौर्य एयरलाइन्स दुर्घटना: मृत्यु भएका १८ जनाकै पोस्टमर्टम थालियो, शव ७२ घन्टापछि आफन्तलाई बुझाइने
Nabil Bank Limited

काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम आजैदेखि  सुरु गरिएको छ। दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सौर्यको  एन-एएमईरसिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरातर्फ उडेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्य बाहेक अरू सबैको मृत्यु भएको छ। 

दुर्घटनाको २३ मिनेटपछि मात्र क्याप्टेनको उद्दार गरिएको थियो । ११ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो। 

जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ।

त्रिवि शिक्षण अस्पतालका अनुसार एउटा शव पोस्टमर्टम गर्नका लागि न्यूनतम ४ घन्टा लाग्ने बताइएको छ। 

शवको  पोस्टमर्टम गर्नका लागि भने काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका पोस्टमर्टम डाक्टरलाई महाराजगन्जमा बोलाइएको छ।  

२५ जनाको टोलीले पोस्टमर्टम गर्ने तयारी गरेको छ। पोस्टमर्टम गरेको ७२ घन्टापछि मात्र मृतकको परिवारलाई शव बुझाइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.