बुधबार, श्रावण १३,२०८३ 11:12:01
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:12:01
Bizshala
Global IME Bank Limited

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच आज बोर्डमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बोर्ड अध्यक्षले नेपाल सरकारले बजेट वक्तव्यमा गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरे बमोजिम बोर्डको आ.व. २०८३।८४ मा पूँजी बजार नीतिमा समेत कार्यक्रम समाविष्ट  गरी आवश्यक कार्य अगाडि बढाउने सन्दर्भमा छलफलको शुरूवात भएको विचार व्यक्त गरे ।

त्यस्तै गैर आवासीय नेपालीहरूले समुन्नत मुलुकहरूबाट सिकेको सीप, ज्ञान र पूँजी नेपालको पूर्वाधार विकासमा जोडने गरी व्यवस्था गर्न बोर्ड आवश्यक सहजीकरणका लागि तयार रहेको धारणा राखे ।

छलफलका क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार तथा बोर्डबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा गैर आवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखेका थिए। 

सो क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले सार्वजनिक निष्कासन मार्फत गैर आवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण सेयर जारी गरी रकम संकलन गर्ने र सो रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको बताए। 

साथै, उक्त कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋणपत्र (बण्ड तथा डिबेन्चर) मार्फत रकम संकलन गरी लगानी गर्ने योजना समेत रहेको बताउँदै आवश्यक कानूनी सुधारका लागि सहजीकरण गरिदिन बोर्ड समक्ष अनुरोध गरेका‌ थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.