शनिबार, फाल्गुन १०,२०८१ 08:20:14
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:20:14
IME remit
Global IME Bank Limited

आयात व्यापारलाई प्रोत्साहन, गरियो यस्ता नीतिगत व्यवस्था

Hyundai Nepal
आयात व्यापारलाई प्रोत्साहन, गरियो यस्ता नीतिगत व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । सहज र बिस्तारकारी मौद्रिक नीतिपछि अर्थतन्त्र चलायमान हुने र त्यसले आयात समेत बढाउने विश्लेषणसहित राष्टबैंकले विदेशी विनिमय व्यवस्थापनमा समेत सहजीकरण गरेको छ ।  

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले डकूमेन्ट अगेन्स्ट पेमेन्ट र डकूमेन्ट अगेन्स्ट एसेप्टेन्सको माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमालाई बढाएको छ ।  

हाल यस्तो समीमा अमेरिकी डलर ६० हजार रहेकोमा त्यसलाई बढाएर १ लाख डलर पुर्याइएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तै, ड्राफ्ट र टि.टी.को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारलाई पनि बढाएर ५० हजार पुर्याइएको छ ।  

राहदानीवापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा समेत सहजीकरण गर्ने केन्द्रीय बैंकले घोषणा गरेको छ ।  

नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि पनि वृद्धि गरिने जनाइएको छ ।  

विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।  

सेवा आयातवापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने विद्यमान सटही सीमालाई वार्षिक र क्षेत्रगत रुपमा तोकी यससम्बन्धी व्यवस्थालाई सहजीकरण गरिने तथा नेपाल सरकारका निकायलाई सार्वजनिक खरिद कानुनबमोजिम गरिएको खरिदको भुक्तानीको लागि आवश्यक पर्ने सटही सुविधामा ड्राफ्ट÷टी.टी.को सीमा लागू नहुने एवम् एकभन्दा बढी भुक्तानीको माध्यम प्रयोग गर्न सक्ने गरी सहजीकरण गरिने समेत घोषणा गरिएको छ ।  

केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गर्ने छ । साथै, चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरावलोकन गर्ने समेत बताएको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.