मंगलवार, फाल्गुन ५,२०८२ 09:29:34
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 09:29:35
Bizshala
Global IME Bank Limited

एक बर्षमा करिब १७ करोडको विद्युत् भारत निर्यात,नेपाल बन्दै विद्युतीय हब

एक बर्षमा करिब १७ करोडको विद्युत् भारत निर्यात,नेपाल बन्दै विद्युतीय हब
Shivam Cement

आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको जनाएको छ। 

प्राधिकरणका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ। 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ।प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको जनाएको छ। 

सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युतगृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो। 

हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ १७ पैसा छ। गत आवमा आयातभन्दा १२ करोड २३ लाखको बढी विद्युत् भारततर्फ निर्यात भएको छ। 

यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो। निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ। 

आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाखको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाखको निर्यात गरिएको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.