काठमाण्डौ । भारतमा एउटा अचम्म पार्ने घटना घटेको छ । बिहारको सुपौल जिल्लाको लालपट्टी क्षेत्रमा रहेको एक निजी स्कुलमा नर्सरी कक्षामा पढ्ने ५ वर्षका विद्यार्थीले १० वर्षका विद्यार्थीलाई गोली हानेका छन् ।
हातमा गोली लागेपछि ती छात्र गम्भिर घाइते भएका छन् । भारतीय मिडियाका अनुसार यो घटनापश्चात स्कुलमा हंगामा मच्चिएको छ । घटनाको खबर थाहा पाएपछि पुगेको प्रहरीले कसरी ५ वर्षका विद्यार्थीले गोली हाने भनेर अनुसन्धान थालेको छ । ती विद्यार्थीले कहाँबाट बन्दुक ल्याए भन्ने मुख्य अनुसन्धानको विषय रहेको भारतीय मिडियाले बताएका छन् ।
गोली लागेका विद्यार्थी ३ कक्षामा पढ्ने गर्छन ।