बुधबार, भाद्र २५,२०८२ 09:07:23
  • बुधबार, भाद्र २५,२०८२ 09:07:23
Global IME Bank Limited

हिमालयन लघुवित्तः वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६, सेयरमूल्य चाहिँ रु.१३०० नजिक

Hyundai Nepal
हिमालयन लघुवित्तः वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६, सेयरमूल्य चाहिँ रु.१३०० नजिक

काठमाण्डौ । दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५३ रुपैयाँ रहेको हिमालयन लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्ममा जम्माजम्मी २ रुपैयाँ ३६ पैसा प्रतिसेयर आम्दानी गरेको छ । यो कम्पनीको अघिल्लो वर्षको यही अवधिमा ३ रुपैयाँ १४ पैसा इपीएस रहेको थियो ।  

पछिल्लो समय बढिरहेको बजारमा कमजोर वित्तीय अवस्था रहेका कम्पनीमा खेलाडीहरुले तीव्र चलखेल गरिरहेका छन् । प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा पछाडि परेका कम्पनीहरुमा कर्नरिङ गरी मूल्य बढाउने खेल भइरहेको देखिन्छ । हिमालयन लघुवित्तको रिपोर्ट र यसको दोश्रो बजार मूल्यबीच पनि खासै तालमेल देखिन्न ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चुक्तापूँजी ३२ करोड हाराहारीमा रहेको यो कम्पनीको वितरणयोग्य मुनाफा करिब २३ लाख रुपैयाँले नेगेटिभ बन्न पुगेको छ ।  

चौथो त्रैमाससम्ममा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा मात्र छ ।  

अघिल्लो वर्ष २.३७ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष ३.६५ प्रतिशत पुगेका कारण कमाएको पैसा प्रभिजनमा राख्नुपर्दा नाफा घटी इपीएसमा हिट गरेको प्रष्टै देखिन्छ ।  

समीक्षा अवधिमा यो कम्पनीले ७५ लाख ५० हजार रुपैयाँ खूद नाफा कमाएको छ । अघिल्लो वर्ष १ करोड बढी थियो ।  

यो लघुवित्तले सम्भावित घाटा तथा जोखिम व्यवस्थापनका लागि २ करोड ६१ लाख ९४ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याएको छ । अघिल्लो वर्ष भने १ करोड ७० लाख रुपैयाँ मात्र छुट्याएको थियो ।  

अघिल्लो वर्ष २ करोड ७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर २ करोड ३७ लाखको उचाईमा पुगेको देखिन्छ भने १ करोड ३० लाख रहेको सञ्चालन मुनाफा घटेर १ करोड ८ लाखमा सीमित बनेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.