हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, बंकुल रौतहटले आफ्ना एक सदस्य परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ।मौलापुर नगरपालिका वडा नं. ८ निवासी सदस्य मालती देवीका श्रीमान धुरन साहको निधन भएपछि संस्थाले बीमा सुविधाअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो।

