घाटामा रहेको हिमालयन लघुवित्तले कमायो ९.१७ करोड खुद नाफा, ईपीएस २८.७० रुपैयाँ पुग्यो
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थानमा सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म आफ्ना प्रमुख वित्तीय सूचकहरुमा प्रगति गरेको हो । संस्थाले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था २० लाख बढी घाटा...