काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेषमती शाखा कार्यालयले ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ ।
संस्थाले मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं.२, की सदस्य सरिता शाहीको श्रीमान प्रेम कुमार शाहीको मृत्युपश्चात सरिता शाहीलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
सदस्य शाहीले संस्थाबाट .५० हजार कर्जा लिएको र सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु.१२ हजार ५ सय तथा तिरेको किस्ता रकम रु.५० हजार समेत फिर्ता गरी जम्मा रकम रु.६२ हजार ५ सय एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक दिपक दाहालले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक दिपक दाहाल तथा शाखाका कर्मचारी प्रमोत्तम अर्यालका साथै अन्य सदस्यहरुको समेत उपस्थिती रहेको संस्थाले जनाएको छ ।