काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सुम्नाबेशी शाखा कार्यालयले बीमा दावी रकम भुक्तानी गरेको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७,बृता निवासी सदस्य श्रीमती जमुना श्रेष्ठको मृत्यू पश्चात निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।
सदस्य श्रीमती जमुना श्रेष्ठले संस्थाबाट रु.२ लाख ५० हजार कर्जा लिएकोमा सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु.२५ हजार तथा तिरेको किस्ता रकम रु.७५ हजार १०० समेत फिर्ता गरी जम्मा रकम रु.१ लाख १ सय निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक सरोज श्रेष्ठले बताए ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक सरोज श्रेष्ठ तथा शाखाका कर्मचारी दल बहादुर मगर,अनिल माझी र मुना धमलाको उपस्थिति रहेको थियो ।