मंगलवार, चैत्र १९,२०८१ 11:12:53
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:12:53
IME remit
Global IME Bank Limited

हिमालयन लघुवित्तको नाफामा १,१४२% को बढोत्तरी, वितरणयोग्य मुनाफा भने ऋणात्मक

Hyundai Nepal
हिमालयन लघुवित्तको नाफामा १,१४२% को बढोत्तरी, वितरणयोग्य मुनाफा भने ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १.१४२.३१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १० लाख ८६ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढ्दै ७ करोड २० लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत १ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी ६ करोड ८६ लाख रुपैयाँबाट बढेर ८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ६३ लाख १७ हजार रहेको इम्पेयरमेन्ट चार्ज घटेर ११ लाख ७३ हजार रुपैयाँमा सीमित बनेको छ । यद्यपी संस्थाको वितरणयोग्य मुनाफा भने ८९ लाख ९२ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकहरुबाट ९४ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात २.९२ प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ । संस्थाको रिजर्भ १२ करोड २३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१६.८८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५६.३३ गुणा,प्रतिसेयर नेटवर्थ १२२.३१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६००.४७ रुपैयाँ र तरलता अनुपात १६.४८ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.