काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाको विरुवागुठी पर्सा शाखा कार्यालयले ऋण मिनाहा तथा बीमा दावी रकम भुक्तानी गरेको हो । पर्सा जिल्ला पटेर्वा सुगौली वडा नं.४,महेन्द्रपुर टोलमा रहेको केन्द्र न.०२ की सदस्य लक्ष्मीनिया देवी मुसहरका श्रीमान् गणेश माझी मुसहरको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको संस्थाले जनाएको छ ।
सदस्य लक्ष्मीनिया देवी मुसहरले संस्थाबाट २ लाख रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्युपश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ४१ हजार ८२८ समेत फिर्ता गरी जम्मा .१ लाख ८३ हजार १७२ रुपैयाँ निज सदस्य लक्ष्मीनिया देवी मुसहरलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक जितेन्द्र कुमार पासवानले बताए ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पु¥याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                