सोमबार, असार २,२०८२ 10:28:00
  • सोमबार, असार २,२०८२ 10:28:00
Global IME Bank Limited

हिमालयन लघुवित्तको खुद नाफा ३६९.३२% ले बढ्यो, अन्य सूचकमा पनि प्रगति

Hyundai Nepal
हिमालयन लघुवित्तको खुद नाफा ३६९.३२% ले बढ्यो, अन्य सूचकमा पनि प्रगति
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी बढेसँगै खुद नाफामा सुधार आएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३६९.३२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ५३.०६ प्रतिशतले बढ्दै २४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत ४ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २८ करोड ९६ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २० करोड २४ लाखमा सीमित थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको सञ्चालन मुनाफा १ करोड ६२ लाख रुपैयाँबाट बढेर ७ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १७ लाख ६० हजार रहेको इम्पेयरमेन्ट चार्ज बढेर ६८ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६५ लाख ४६ हजार रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ १ करोड ११ लाख रुपैयाँले धनात्मक भएको छ । यस्तै रिजर्भको आकार ९ करोड ७१ लाखबाट बढेर १३ करोड २८ लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियम शीर्षकमा ४ करोड ५५ लाख छुट्टाएको छ ।  

ग्राहकहरुबाट १ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात ४.६१ प्रतिशतबाट बढेर ५.३४ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा १ करोड ११ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२२.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४३.०५ गुणा,प्रतिसेयर नेटवर्थ १२९.४८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१९.८६ रुपैयाँ र तरलता अनुपात ५.१२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.