काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले असार २१ गते आफ्नो स्थापनाको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।
वित्तीय संस्थाले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएकोमा यस पटक पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ८४५ जना बिपत्र छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । साथै, झापा जिल्लाको प्रसिद्ध पाउ पाथिभरा मन्दिर तथा कपिलवस्तु जिल्लाको प्रसिद्ध जगत्र देवीमन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टवीन र र्याक सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरु सम्पत्र गरी १२ औं वार्षिकोत्सव मनाएको हो ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. ९२ करोड बचत संकलन गरी करिब रु. ३अर्ब ८७ करोड लगानी गरेको छ ।
यो संस्था हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                