बुधबार, फाल्गुन ६,२०८२ 12:46:33
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:46:33
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा आकर्षक लाभांश एभरेष्ट बैंकले बाँड्नसक्ने देखिएको छ । 

प्रतिसेयर आम्दानीतर्फ चाहिँ स्ट्याण्डर्ड चार्टर्डले लिड गरेको देखिन्छ ।  

बैंकहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लाभांश क्षमताको हिसाबले सबैभन्दा अगाडि एभरेष्ट बैंक देखिएको छ । उसले समीक्षा वर्षका लागि २९.८६ प्रतिशतको लाभांश क्षमता बनाएको छ ।  

यस्तै, दोश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड छ, जसको लाभांश क्षमता २६.५ प्रतिशत छ ।  

तेश्रो स्थानमा रहेको कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत रहेको छ ।  

चौथो स्थानमा रहेको नवील बैंकको लाभांश क्षमता १४.२६ प्रतिशत रहेको छ ।  

पाँचौ स्थानमा नेपाल एसबीआई बैंक र सानिमा बैंक रहेका छन् । यी दुवै बैंकको लाभांश क्षमता १० प्रतिशत रहेको छ ।  

२० वाणिज्य बैंकमध्ये चारवटाले समीक्षा वर्षका लागि कुनै लाभांश बाँड्ने छैनन् । ती बैंकहरु एनआईसी एशिया, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंक हुन् ।  

यसैगरी, प्रतिसेयर आम्दानीको हिसाबले भने केही फरक दृश्य देखिएको छ । सबैभन्दा अगाडि स्ट्याण्डर्ड चार्टर्ड रहेको छ, जसको इपीएस ३५ रुपैयाँ ९ पैसा रहेको छ ।  

दोश्रो स्थानमा ३१ रुपैयाँ ४५ पैसासहित एभरेष्ट बैंक छ भने २६.०९ रुपैयाँ इपीएससहित नवील तेश्रो स्थानमा छ ।  

कृषि विकास बैंक २४.७५ रुपैयाँ इपीएससहित यो सूचीमा चौथो स्थानमा छ भने पूर्ण सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंक २१.७३ रुपैयाँ इपीएससहित यो लिस्टको पाँचौ स्थानमा छ ।  

सबैभन्दा कम इपीएस कुमारी बैंकको ८.८ रुपैयाँ रहेको छ । एनआईसी एशिया, सिटिजन्स बैंकबाहेक अन्य बाँकी सबै वाणिज्य बैंकको इपीएस डबल डिजीटमा छ ।  

लाभांश क्षमता र इपीएसका आधारमा वाणिज्य बैंकहरुको सूचकसहितको टेबल :

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.