मंगलवार, आश्विन २७,२०८३ 12:05:14
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 12:05:14
Bizshala
Global IME Bank Limited

नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ

Bizshala
नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ
New Office

काठमाण्डौ । प्रतिकूल समयका बाबजुद नवील बैंकले आफ्नो लाभांश क्षमता बढाएको छ ।  

आर्थिक वर्ष २०८०-८१ मा बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता बढाएर १४.२६ प्रतिशत पुर्याएको हो । अघिल्लो वर्ष बंैकको लाभांश क्षमता ११.७८ प्रतिशत मात्र रहेको थियो ।  

यो बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड वितरणयोग्य मुनाफा रहेकोमा बढेर यो वर्ष ३ अर्ब ८५ करोडको उचाईमा पुगेको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अघिल्लो वर्ष ४ अर्ब ११ करोड रुपैयाँमा सीमित खूद नाफा बढेर ४ अर्ब ७३ करोडको उचाईमा पुगेका कारण प्रतिसेयर आम्दानी पनि २३.६७ रुपैयाँबाट वृद्धि भई २६.०९ रुपैयाँ पुगेको छ ।  

अघिल्लो वर्ष ९ अर्ब ५१ करोडमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ९ अर्ब ८४ करोड पुगेको छ भने १७ अर्ब ७४ करोड रहेको खूद ब्याज आम्दानी केही घटी १६ अर्ब २० करोड रहेको छ ।  

अघिल्लो वर्ष सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ५ अर्ब ४२ करोड प्रभिजन गर्नुपरेकोमा त्यस्तो भार यसपटक घटेर ३ अर्ब २२ करोडमा सीमित भएका कारण समेत नाफामा सकारात्मक प्रभाव देखिएको हो ।  

अघिल्लो वर्ष ३.३९ प्रतिशत रहेको बैंकको ग्रस एनपीएल बढेर ३.८५ प्रतिशत पुगेको छ भने नेट एनपीएल भने १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशतमा सीमित बनेको छ ।  

रिजर्बको आकार २६ अर्ब ६६ करोडबाट बढेर २८ अर्ब  ६५ करोड पुगेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकले ४ खर्ब ६२ अर्ब ८ करोड बढी निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ९७ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । निक्षेपतर्फ १६.४४ प्रतिशत र कर्जातर्फ ११.४५ प्रतिशतको ग्रोथ देखिएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X