सोमबार, पुष ८,२०८१ 02:42:44
IME remit
  • सोमबार, पुष ८,२०८१ 02:42:44
IME remit
Global IME Bank Limited

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी, थप सहज र सुरक्षित डिजिटल भुक्तानी गर्न सकिने

Hyundai Nepal
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी, थप सहज र सुरक्षित डिजिटल भुक्तानी गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ। नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पेवालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारीपत्रमा हस्ताक्षर गरे।

यो सहकार्यसँग अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्तेपे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।  

Bizshala
Shivam Cement
CG Motors

सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिनसक्नु हुने बताए। उनले भने,‘डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’

नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘नमस्तेपेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ।’उनले यो साझेदारीले नमस्तेपेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एन बैंक एप प्रयोगकर्ताहरूले अब ई–सेवा, खल्ती, र नमस्तेपे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्।यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।

नबिल बैंकले २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.