आईतवार, बैशाख ६,२०८३ 12:50:04
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 12:50:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Bizshala
जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको  चेतावनी
Shivam Cement

टोक्यो। जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो। जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।

जपानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन्। प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै क्षति रोक्नका लागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ। सम्भावित क्षतिको तत्काल आकलन गर्न पनि उनले सरकारी निकायलाई भनेका छन्।

स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसर बाँकी नराख्न भनेका छन्।

भूकम्पको केन्द्र जापानको क्यूशु द्वीपमा जमीनबाट करिब ८.८ किलोमिटर तल रहेको बताइएको छ। यसअघि १ जनवरीमा पनि त्यहाँ ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो।

यसमा ३१८ जना मानिस मारिएका थिए भने १३ सय घाइते भएका थिए । इशिकावामा भूकम्पले कयौँ स्थानको जमिन फाटेको थियो। यसका कारण २०० घर जलेर ध्वस्त भएका थिए। यसअघि मार्च २०११ मा जापानमा अहिलेसम्मकै खतरनाक भूकम्प आएको थियो। जसकाकारण १६ हजार मानिस मारिएका थिए।

जापानको ‘सुनामी वार्निङ सिस्टम’ का अनुसार यदि भूकम्पपछि एडभाइजरी या अलर्ट जारी गर्नका लागि समुद्रमा १ मिटर अग्लो लहर उठेमा निर्णय लिइन्छ। 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.