उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ। आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा–छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो।
कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा उल्लेख गरिएको छ। अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरु र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने दाबी गरे।
अर्थसचिव घिमिरेले वार्षिक कार्यक्रम र नीतिसाग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित कृयाकलापहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।