काठमाण्डौ। अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। आज सोमबार मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन्। उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए।
यो महाशाखामा भने धनीराम शर्मालाई जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ। अहिले राजस्व र वित्तीय संघीयता समन्वय महाशाखा खाली छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।