• सोमबार, भाद्र ३०,२०८२ 02:45:13
Global IME Bank Limited

नास आईटी अवार्ड्स २०२४ हुँदै, आफ्नो इनोभेसनलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर

Hyundai Nepal
नास आईटी अवार्ड्स २०२४ हुँदै, आफ्नो इनोभेसनलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर

काठमाण्डौ । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ ।  

नेपालको सूचना प्रविधि क्षेत्रका इनोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवार्ड्स आयोजना हुन लागेको हो ।  

नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय अवसर प्राप्त हुने बताए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अवार्ड ११ विधामा प्रदान गरिने छ । बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका वि‌द्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने छन् ।  

नास आईटी अवार्ड्स २०२४ मा आगामी भदौ ३ गतेसम्म  मा गएर नलाइन आवेदन दिन सकिने छ ।  

अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ ।  

विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ ।  

यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।  

नास आईटी नेपालको अग्रणी गैर नाफामुलक संस्था हो, जसले नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ ।

नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.