सोमबार, बैशाख ८,२०८२ 11:43:52
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 11:43:52
IME remit
Global IME Bank Limited

१० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी छनोट

Hyundai Nepal
१० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी छनोट
Nabil Bank Limited

काठामाण्डौ। नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गराउन विश्वका चार ठूलामध्येको अडिट फर्म केपीएमजीलाई छनोट गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ‘सर्ट लिस्ट’ मा परेका पाँच कम्पनीमध्ये ‘केपीएमजी एस्योरन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपी, इन्डिया’ छनोट गरेको हो। यस्तै, लेखापरीक्षक कम्पनी छनोट गर्न गत असार दोस्रो साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जुन यो केपीएमजी ग्लोबलकाे सब्सिडियरी कम्पनी हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेपाल राष्ट्र बैंकले बिहीबार सूचना प्रकाशित गरी प्राविधिक रूपमा केपीएमजी योग्य रहेको जनाएको छ। केपीएमजीको वित्तीय प्रस्ताव आगामी १६ भदौमा राष्ट्र बैंक परिसरमा खोलिने बताइएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा सर्त अनुसार नेपालका १० ठूला वाणिज्य बैंकहरूको वाह्य लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण गर्न राष्ट्र बैंकले पाँच लेखापरीक्षक सर्ट लिस्ट गरेको थियो।

नेपाल राष्ट्र बैंकले नेदरल्यान्ड, भारत र पाकिस्तानका अडिट फर्मलाई सर्टलिस्ट गर्दै प्रस्ताव पेस गर्न भनेको थियो।

नेदरल्यान्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एन्ड कम्पनी सर्ट लिस्टमा परेका थिए।

नेपाल राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने पाँच लेखापरीक्षक फर्ममध्ये केपीएमजीलाई १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने जिम्मा दिनेछ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.