आईतवार, कार्तिक १५,२०८३ 08:24:07
  • आईतवार, कार्तिक १५,२०८३ 08:24:07
Global IME Bank Limited

सांसदहरुबीच संसदमै भयो कुटाकुट !

Bizshala
सांसदहरुबीच संसदमै भयो कुटाकुट !
New Office

काठमाण्डौ। जेलमा रहेका विपक्षी नेता कैन अतालेको अवस्थाबारे छलफलका क्रममा टर्कीको संसदमा सांसदहरूबिच झडप भएको थियो। यो घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ।

भिडियो फुटेजमा वामपन्थी टर्किस वर्कर्स पार्टी (टिआईपी) का सांसद अहमेत सिकले मञ्चमा भाषण दिइरहेको बेला राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारूढ एके पार्टीका सांसद अल्पे ओजालान उनीसामु आएर थप्पड हान्ने प्रयास गरेको देख्न सकिन्छ।

यसपछि अहमद सिक भुइँमा लड्छन्। यो घटनापछि झडपको स्थिति बनेको थियो। अधिकारीहरूले झगडापछि भुइँबाट रगत सफा गरिरहेको पनि देखियो। वकिल र मानव अधिकार कार्यकर्ता कैन अतालेले यस वर्षको सुरुमा आफ्नो संसदीय सीट गुमाएका थिए। 

उनलाई २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनले जेलबाटै चुनाव लडेका थिए। यो निर्णय एक विवादास्पद मुद्दा पछि आएको थियो जसमा पुरस्कार विजेता परोपकारी उस्मान कावलालाई पनि आजीवन कारावासको सजाय सुनाइएको थियो। -एजेन्सी

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors
Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.