आईतवार, मंसिर ६,२०८३ 10:47:27
  • आईतवार, मंसिर ६,२०८३ 10:47:27
Global IME Bank Limited

बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

Bizshala
बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणलाई प्रमुख भारतीय सञ्चारमाध्यमले आइतबार निरन्तर पछ्याए। दिल्ली प्रस्थान, विमानस्थलको स्वागत र भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेट तत्कालका समाचार बने। भ्रमणअघि र पहिलो दिन प्रकाशित विस्तृत रिपोर्टमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ताबाट के निस्कन्छ भन्ने प्रश्न केन्द्रमा थियो। आर्थिक सहायता, विद्युत् व्यापार, रेल र हवाई सम्पर्कले त्यही कारण शीर्षकमै ठाउँ पाए।

CG Motors
Garima Development Bank
IME remit

कसले के लेख्यो र कति स्थान दियो?

भारतीय सञ्चारमाध्यमसमाचारको मुख्य कोणदिएको स्थान
हिन्दुस्तान टाइम्सनेपालको २ अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज प्रस्ताव, भारतले अघि सारेको संयुक्त दृष्टिपत्र र मोदीसँगको वार्ता। सीमासम्बन्धी मतभेद र गोर्खा भर्तीलाई पनि सम्भावित छलफलका विषयका रूपमा उठायो।बिहान छुट्टै एजेन्डा रिपोर्ट र दिनभर लाइभ अपडेट। जयशंकरको भेटपछि नेपालसँगको ‘विशेष मित्रता’बारे उनको भनाइ लाइभ पेजको शीर्षकमा आयो। 
टाइम्स अफ इन्डियामोदीसँगको प्रतिनिधिमण्डलस्तरीय वार्ता, ऊर्जा, पूर्वाधार र सम्पर्क विस्तार।‘इन्डिया न्युज’मा पहिले भ्रमणको एजेन्डा र पछि दिल्ली आगमन तथा मुख्य घटनाक्रम समेटेर दुई छुट्टाछुट्टै समाचार।
एनडीटीभी / एनडीटीभी इन्डियाअंग्रेजी संस्करणले मोदीसँगको वार्ता र जयशंकरको ‘विशेष मित्रता’ सन्देशलाई छुट्टाछुट्टै शीर्षक दियो। हिन्दी संस्करणले विमानस्थलको स्वागतको भिडियो र करिब २५ घण्टाको भ्रमण अघिल्ला नेपाली प्रधानमन्त्रीका भ्रमणभन्दा कसरी फरक छ भन्ने सामग्री दियो।अंग्रेजीमा समाचारसँगै हर्ष वी. पन्तको विचार लेख। हिन्दीमा भिडियोसहितको समाचार र छुट्टै व्याख्यात्मक सामग्री। आगमनको अंग्रेजी समाचार पीटीआईको र जयशंकर भेटको समाचार आईएएनएसको थियो।
इन्डिया टुडेशीर्षकमै ऊर्जा र रेल सम्पर्क। रक्सौल–काठमाण्डौ रेल प्रस्ताव, अयोध्या–जनकपुर रेल सेवा र विद्युत् व्यापारलाई समेट्दै सीमा विवादपछि व्यावहारिक सहकार्य अघि बढाउने अवसरका रूपमा भ्रमणलाई हेर्‍यो।दिल्ली आगमनकै दिन राष्ट्रिय समाचार खण्डमा विस्तृत एजेन्डा रिपोर्ट।
द हिन्दूकल्लोल भट्टाचार्यको रिपोर्टले राजकीय सम्मान, मोदीसँगको वार्ता, सम्भावित समझदारी र सीमापार पूर्वाधारलाई समेट्यो।२१ नोभेम्बरको दिल्ली छापा संस्करणको पृष्ठ ९ मा बालेनको तस्बिरसहित समाचार।
द इन्डियन एक्सप्रेसभारतीय विदेशसचिव विक्रम मिस्रीको काठमाण्डौ भेटदेखि भ्रमणको तयारी पछ्यायो। युवराज घिमिरेको रिपोर्टले भ्रमण छोटो राख्ने बालेनको चाहना र सीमापार सम्पर्कका प्रस्तावलाई उठायो।भ्रमणअघि नै ‘इन्डिया’ र ‘वर्ल्ड’ खण्डमा बाइलाइनसहितका रिपोर्ट।
द इकोनोमिक टाइम्स / बिजनेस स्ट्यान्डर्डइकोनोमिक टाइम्सले भ्रमणलाई भारतप्रति नेपालको नीतिगत बदलावका रूपमा व्याख्या गर्दै पोखरा र भैरहवाका लागि थप हवाई मार्गको विषय उठायो। बिजनेस स्ट्यान्डर्डले भ्रमण तालिकासँगै नेपालको घरेलु राजनीतिक दबाबबारे अदिति फडणीसको स्तम्भ छाप्यो।दुवैमा नियमित समाचारसँगै बाइलाइनसहितको विश्लेषण वा स्तम्भ।
नवभारत टाइम्स / आजतकनवभारत टाइम्सले काठमाण्डौबाट प्रस्थानको भिडियो, छोटो भ्रमण र औपचारिक बिदाइको परम्पराबारे लेख्यो। आजतकले मोदीको निम्तोमा बालेन पहिलोपटक भारत पुगेको विषयलाई शीर्षक बनायो। 

सबैभन्दा ठूलो आर्थिक शीर्षक बन्यो २ अर्ब डलर

हिन्दुस्तान टाइम्सका अनुसार काठमाण्डौले विकास आयोजना र बाढीपछिको पुनर्निर्माणका लागि २ अर्ब अमेरिकी डलरको प्याकेज प्रस्ताव गरेको थियो। त्यसमा १ अर्ब डलर अनुदानको प्रस्ताव थियो। द प्रिन्टले भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै प्याकेजको आकार करिब २ अर्ब डलरसम्म पुग्न सक्ने र त्यसको स्वरूपमाथि छलफल भइरहेको लेख्यो। भारतको सार्वजनिक भ्रमण घोषणामा प्याकेजको रकम उल्लेख थिएन। पहिलो दिनसम्म २ अर्ब डलर प्रस्ताव र सम्भावित प्याकेजका रूपमा रिपोर्ट भएको थियो।

सीमा विवाद पृष्ठभूमिमा हुँदा ऊर्जा र सम्पर्क शीर्षकमा

हिन्दुस्तान टाइम्सले लिपुलेक, कालापानी र लिम्पियाधुरा तथा गोर्खा भर्तीका विषय उठायो। इन्डिया टुडेले सीमा विवादपछिको सम्बन्धलाई पृष्ठभूमि बनाएर ऊर्जा र रेललाई शीर्षकमा राख्यो। द हिन्दूले राजकीय सम्मान र औपचारिक वार्तामा जोड दियो भने इकोनोमिक टाइम्सले थप हवाई मार्ग र परियोजनामा ध्यान दियो। पहिलो दिनका यी रिपोर्टमा बारम्बार फर्किएका विषय विद्युत्, रेल, सडक, व्यापार र लगानी थिए। 

समग्रमा कति महत्व पायो?

पहिलो दिनको निरन्तर कभरेजमा हिन्दुस्तान टाइम्स र नवभारत टाइम्स अगाडि देखिए। दुवैले लाइभ ब्लग चलाए। कभरेजको स्वरूपमा एनडीटीभी फराकिलो देखियो। उसले अंग्रेजी र हिन्दीमा समाचार, भिडियो, व्याख्या र विचार लेख दियो। छापामा ठ्याक्कै स्थान खुल्ने उदाहरण द हिन्दूको दिल्ली संस्करण हो, जहाँ भ्रमणको पूर्वसन्ध्याको समाचार पृष्ठ ९ मा छापियो। यो तुलना २२ नोभेम्बर साँझसम्म उपलब्ध सामग्री, प्रकाशनको स्वरूप र पुष्टि भएको छापा पृष्ठमा आधारित छ। सबै माध्यमको होमपेज क्रम र टेलिभिजन बुलेटिनको प्रसारण अवधि पुष्टि हुन बाँकी छन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.