काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले भ्रष्टाचार नगर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस्, ’ ओलीले भने । यस्तै उनले सरकारले शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास नहुने समेत बताएका छन् । उनले भने, ‘सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप गर्दैन, सरकार प्रहरीलाई प्रोत्साहन गर्न सधैं तत्पर छ ।’
प्रधानमन्त्रीले अहिलेको सरकारले कोही व्यक्ति विशेष अपराधी हो भनेर नसमाऊ भनेर आदेश नदिने कसैलाई फसाऔँ भनेर आदेश पनि नदिने बताए । ‘निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नुहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौँ,’ उनले भने ।