बिहीबार, श्रावण १४,२०८३ 06:51:43
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 06:51:43
Bizshala
Global IME Bank Limited

नबिल बैंकको विशेष साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

नबिल बैंकको विशेष साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित
New Office

काठमाण्डौ । नबिल बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा भदौ १७ गते सम्पन्न भएको हो ।  

उक्त विशेष साधारण सभाले ५ अर्ब रुपैयाँबराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको छ ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृती पश्चात् जारी  हुनेगरी ५ अर्ब रुपैयाँ बराबरको  अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मतरूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।    

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा सेयरधनीलगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बंैकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।  

सभाले पारित गरेको नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।  

साथै, यो नेपाली पूँजी बजारका लागि नविनतम् पूँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृत पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी अग्राधिकार सेयर जारी हुने बैंकले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.