मंगलवार, आश्विन १३,२०८३ 07:10:19
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:10:19
Bizshala
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९% ले घट्यो, खुद ब्याज आम्दानीमा पनि ३६% को गिरावट

Bizshala
कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९% ले घट्यो, खुद ब्याज आम्दानीमा पनि ३६% को गिरावट
New Office

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १  करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७३.९९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

चौथो त्रैमाससम्म बैंकले १० करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ३६.६२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १६ करोड ४८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १३ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ । त्यस्तै सञ्चालन मुनाफा पनि ७३.९९ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकको रिटेन्ड अर्निङ १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ र रिजर्भको आकार ४ करोड ९७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म ५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३.९२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) २.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२४.७२ गुणा, प्रतिसेयर नेटवर्थ ७९.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १३०.८३ रुपैयाँ, र तरलता अनुपात ३९.१० प्रतिशत रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.