कर्णाली डेभलपमेन्ट बैंकमा १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैकमा १ अर्ब २६ करोड रुपैयाँबराबर अपचलन भएको तथ्य बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले केही समयअघि समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा उक्त रकम उपचलन भएको तथ्य बाहिरिएको हो । सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारणहरु अध्ययन गर्न, बैंकको आर्थिक अवस्था...