मंगलवार, चैत्र १९,२०८१ 11:37:28
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:37:28
IME remit
Global IME Bank Limited

ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो

Hyundai Nepal
ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार यो अवधिमा बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

पहिलो त्रैमाससम्म बैंकले ९ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९७.४८ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १ करोड ३२ लाख रुपैयाँबराबर रहेको छ । त्यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत ८ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो अवधिसम्म बैंकको रिटेन्ड अर्निङ २० करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ र रिजर्भको आकार १९ करोड ८ लाख रुपैयाँ धनात्मक रहेको छ । समीक्षा अवधिसम्म ५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २० करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७.२७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ३.९४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात १६१.०३ गुणा ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९७.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४२.८४ रुपैयाँ, र तरलता अनुपात ४५.०७ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.