सोमबार, पुष ८,२०८१ 11:03:13
IME remit
  • सोमबार, पुष ८,२०८१ 11:03:13
IME remit
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ६६.१८% ले वृद्धि,कस्तोे छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ६६.१८% ले वृद्धि,कस्तोे छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा ६६.१८ प्रतिशतको उछाल आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकको खुद नाफा १ करोड ७३ लाख रुपैयाँमा सीमित थियो ।  

खुद नाफा बढेपनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले तेस्रो त्रैमाससम्म ८ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको १० करोड १९ लाखको तुलनामा १८.४६ प्रतिशतले कम हो ।  

बैंकको खुद सञ्चालन आम्दानी भने बढेको छ । बैंकको खुद सञ्चालन आम्दानी ११.४६ प्रतिशतले वृद्धि हुँदै ११ करोड ५ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च ४ करोड ३५ लाख र अन्य सञ्चालन खर्च ३ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज २ करोड १२ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको खराब बर्जा अनुपात ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै बैंकको रिटेन्ड अर्निङ २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको अकार भने ६ करोड ८७ लाखबाट घटेर ५ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ६८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । यो अवधिसम्म बैंकले ३ अर्ब ४० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.४५ रुपैयाँ रहेको ईपीएस बढेर ५.७३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १०५.७५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९.७४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.५६ गुणा र तरलता अनुपात ३२.२४ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.