सोमबार, असार २,२०८२ 02:32:56
  • सोमबार, असार २,२०८२ 02:32:56
Global IME Bank Limited

कामचोर कर्मचारीमाथि 'सरकारी डण्डा': अब खाजा समय आधा घण्टा मात्र, सेयर कारोबारमा बन्देज लगाइँदै

Hyundai Nepal
कामचोर कर्मचारीमाथि 'सरकारी डण्डा': अब खाजा समय आधा घण्टा मात्र, सेयर कारोबारमा बन्देज लगाइँदै
Nabil Bank Limited

काठमाण्डौ । सरकारी कर्मचारीको रुपमा कार्यरत रहे पनि खाजा, महत्वपूर्ण बैठक वा यस्तै यस्तै बाहानामा सेवाग्राहीलाई असर पार्ने क्रम तीव्र भएपछि सरकार एक्सनमा उत्रिएको छ ।  

सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो बढ्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले खाजा खाने समयलाई घटाएर आधा घण्टामा सीमित गरिदिएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयमार्फत प्रेषित सन्देशमा भनिएको छ-'खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।' 

यसअघि सरकारी कर्मचारीले १ बजेदेखि २ बजेसम्म १ घण्टाको खाजा समय पाउथे । तर कतिपयले खाजाको नाममा १ घण्टाभन्दा बढी समय कार्यालय बाहिरै बिताउँथे । यो समयमा आफ्नो व्यक्तिगत काम गर्ने प्रवृति समेत बढ्दो थियो । यिनै विकृति अन्त्यका लागि सरकारले खाजा समय घटाएर आधा घण्टा कायम गरेको र कामचोर कर्मचारीप्रति कठोर बन्ने संकेत देखाएको हो ।  

यसैबीच, सरकारी कर्मचारीले कार्यालय समयमै आफ्नो कामभन्दा बढी सेयर बजारमा चासो दिन थालेपछि र सेयर कारोबारमा समय बिताउन थालेपछि यसलाई समेत नियन्त्रण गर्ने गृहकार्य थालिएको छ ।  

प्रधानमन्त्री कार्यालयस्थित एक उच्च स्रोतका अनुसार निकट भविष्यमै सरकारी कार्यालयबाट कार्यालय समयमा सेयर कारोबारमा बन्देज लगाउने निर्देशन जारी हुनेछ । यसको सुरुवात सिंहदरबारबाट हुनेछ । सिंहदरबारमा रहेका विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरुको कम्प्युटर, ल्यापटप तथा उनीहरुले आफ्नो निजी डिभाइसबाट चलाउने वाईफाईबाट टिएमएस तथा नेप्सेको वेबसाइट नै नचल्ने सिस्टमको विकास गर्न लागिएको स्रोतको भनाई छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.