सोमबार, श्रावण १८,२०८३ 03:13:38
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:13:38
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा १०० बढी पञ्च इभीको डेलिभरि, पूर्वबाट सुरु भयो रिजनल लञ्च

काठमाण्डौमा १०० बढी पञ्च इभीको डेलिभरि, पूर्वबाट सुरु भयो रिजनल लञ्च
New Office

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पञ्च इभीका एकसय बढी युनिट नाडा सकिएको एक हप्ताभित्र काठमाडौंमा डेलिभरि गरेको छ ।  

नाडाको पहिलो दिनमै १०० युनिटभन्दा बढी पञ्च इभी बुकिङ्ग भएका थिए । 

पञ्च इभीको बुकिङ्ग उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जतिसक्दो छिटो, बुकिङ्ग गरेका ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।  

यसैबीच, पञ्च इभीको रिजनल लञ्च बिर्तामोडबाट सुरु भएको समेत कम्पनीले जनाएको छ ।  

टाटा पञ्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको छ । पञ्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई  सेगमेन्ट माथिका विशेषताहरु ःभ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।  

पञ्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यो गाडी GNCAP मा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.