सोमबार, मंसिर २९,२०८२ 01:43:27
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 01:43:27
Bizshala
Global IME Bank Limited
Bizshala

नेपाललाई अर्गानिक उत्पादनतर्फ फर्कन भारतीय विज्ञको सुझाव

Hyundai Nepal
नेपाललाई अर्गानिक उत्पादनतर्फ फर्कन भारतीय विज्ञको सुझाव
Shivam Cement

काठमाण्डौ। भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको बताएका छन् । अधिक रसायन र विषादीको प्रयोगले खाद्य र मानवीय स्वास्थ्य समस्या सिजर्ना भएकोले अर्गानिकतर्फ फर्कनुको विकल्प नभएको उनीहरुको जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा भइरहेको कृषि एक्स्पोमा कृषि अन्तरसंवादमा सहभागी भारतका कृषि वैज्ञानिकले नेपाल र भारतमा बढ्दो रसायनिक मलखाद तथा विषादीको प्रयोग चिन्ताको विषय भएको बताए ।

CG Motors
Garima Development Bank
IME remit

भारत पश्चिम बंगालका कृषि वैज्ञानिक डा. कंचन भौमिकले आफूहरु विगत १५ वर्षदेखि भारतमा अर्गानिक अभियानमा सक्रिय भएको र यो विभिन्न राज्यस्तरमा फैलाइएको सुनाए । उनले भने,‘नेपालले पनि वार्षिक रुपमा दुई लाख ७० हजार टन युरियालगायत रासायनिक मलखाद खरिद गर्ने गरेको छ । सानो देशको लागि यो ठूलो परिमाण हो । अब नेपाल अर्गानिक रुपमा अघि बढ्नु पर्छ ।’ भौमिकले आफूले ६ वर्षअघि बाट पूर्वी नेपालको झापा र इलाम तथा मधेश प्रदेशमा अर्गानिक अभियानका लागि प्राविधिक सहयोग गर्दै आएको बताए । जैविक मलको उत्पादन तथा यसको प्रयोग सिकाउन किसानहरुसँग मिलेर काम गर्दै आएको मौमिकले बताए ।  

भारतका उडिसाका कृषि वैज्ञानिक डा.बरिकले अहिले विश्वको चुनौती नै रैथाने बालीका बीऊ जोगाउने भएको बताउँदै नेपालले समेत आफ्ना मौलिक बीऊ जोगाएर त्यसको खेतीमा जोड दिनुपर्ने सुझाव दिए । भने,‘एउटा बीऊबाट धेरै बिरुवा उमार्ने प्रविधि प्रापागेसनमार्फत रैथाने बीऊ बचाउन सकिन्छ । यसको उत्पादन बढाएर किसानले धेरै भन्दा धेरै मूल्य समेत पाउन सक्छन् ।’ उनले भारतले प्रविधि विकास गरेर यसक्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको दृष्टान्त पेश गरे । ‘विगतमा एउटा घरमा एउटा गाई वा भैंसी पाल्ने, दूध दुहुने र त्यसकै गोबर गहुँत खेतबारीमा लगाउने चलन थियो अब त्यो विस्तारै कम हुँदै जाँदा माटोको उर्वरा शक्तिमा पनि असर गरेको छ,’उनले भने ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

उडिसाका कृषि वैज्ञानिक सुभाषिशा बलले फाइभ जी कृषि प्रविधिमार्फत भारतमा विकास गरिएको धानको प्रजातिका विषयमा जानकारी गराए । प्रविधि प्रयोगसँगै रैथाने बीऊको प्रयोग गरी गरिएको उत्पादनबाट धेरै भन्दा धेरै आम्दानी लिन सकिन्छ । मानिसलाई चाहिने पौष्टिक पदार्थयुक्त धान उत्पादनमा अहिले भारत केन्द्रीत भएको भन्दै उनले भने,‘विश्वभर सात लाख ५० हजार धानका प्रजाति छन् । भारतमात्र हामीले ८०० भन्दा धेरै प्रजातिमा काम गरिरहेका छौं ।’ उनले खाना विषादीरहित र सुरक्षित हुनुपर्ने बताउँदै जैविक मलको प्रयोगलाई बढाउनु पर्ने सुझाव दिए । भने,‘यान्त्रीकरण नराम्रो होइन तर हामीले विगतमा गर्ने परम्परागत तौरतरिका स्वास्थ्यका दृष्टिले पनि राम्रा थिए ।’

काठमाण्डौ विश्व विद्यालयका कृषि कार्यक्रम प्रमुख डा. कुमार लामाले नेपालमा कृषि विज्ञानको पढाइ गर्ने क्याम्पसहरु वृद्धि भएको तर दक्ष जनशक्ति उत्पादन अहिले पनि चुनौती भएको बताए । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X