मंगलवार, कार्तिक ३,२०८३ 03:27:34
  • मंगलवार, कार्तिक ३,२०८३ 03:27:34
Global IME Bank Limited

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

Bizshala
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास
New Office

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास भएको छ । ट्रम्पमाथि फ्लोरिडा गल्फ कोर्समा गोली हान्ने प्रयास भएको हो ।  

उनीमाथि हमला गर्न खोज्ने बन्दुकधारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व अमेरिकी राष्ट्रपति तथा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको गल्फ कोर्समा भएको आक्रमणलाई हत्याको प्रयास भएको पुष्टि गरेको हो ।  

गल्फ कोर्सको झाडीमा लुकेर ट्रम्पमाथि गोली हान्न लागेका उक्त व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले गोली हानि नियन्त्रणमा लिएका थिए  । एफबीआईले फ्लोरिडाको वेस्ट पाम बीचमा कारबाही गरेको र ट्रम्पको हत्या प्रयासको अनुसन्धान जारी रहेको जनाएको छ ।  

आफूमाथि आक्रमण गर्ने दोस्रो प्रयासको सम्बन्धमा ट्रम्पले आफू न त रोक्ने न हार स्वीकार्ने बताएका छन् ।

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको गल्फ कोर्स नजिकै गोली हानाहान भएको र स्थानीय प्रहरीले झाडीमा एके फोट्टी सेभेन फेला परेका बताए ।  

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यो घटनाको निन्दा गरेका छन् ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपतिलाई ट्रम्प इन्टरनेशनल गल्फ कोर्समा भएको घटनाबारे जानकारी गराएको बताएको छ ।  

यस गोलीकाण्डको करिब दुई महिनाअघि ट्रम्पमाथि घातक हमला भएको थियो। गत जुलाईमा अमेरिकाको पेन्सिल्भेनियामा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पलाई स्नाइपरले गोली हानेको थियो । जुन उनको कानको तल्लो भागमा लागेको थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.