मंगलवार, कार्तिक ३,२०८३ 05:35:09
  • मंगलवार, कार्तिक ३,२०८३ 05:35:09
Global IME Bank Limited

राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना गर्ने, विजेताले १ लाख पाउने

Bizshala
राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना गर्ने, विजेताले १ लाख पाउने
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले असोज ३ देखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ ।  

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ  ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ ।  

गत भदौ ३० गते आइतबार एक समारोहका बीच उक्त टुर्नामेन्टको महिला तथा पुरूषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गर्ने कार्य सम्पन्न भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रभु बैंक मुख्य प्रायोजक रहेको यस टुर्नामेन्टको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, आइसिएफसी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएमबि. बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् ।  

उक्त टुर्नामेन्टमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि मेडिकल पार्टनर, वोटलर्स नेपाल लिमिटेड र एशियन थाइ फुड्स प्रालि विभरेज पार्टनर तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीमा पार्टनरको रुपमा रहनेछन् । टुर्नामेन्ट हाँडीगाँउस्थित धनयन्तरी स्पोटर््स हवमा सञ्चालन हुनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने छ । महिला तथा पुरुष तर्फको विजेता टोलीले रु.१ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले रु.५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष तर्फको उपाधि रक्षाको लागि एनआइसी एशिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमई बैंकले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात समितिले दोस्रो संस्करण सञ्चालन गर्ने निर्णय गरिएको हो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.