काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक को पहिलो २ महिनामा १४ अर्ब ६२ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।
यो वर्षको साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको साउनमा भने ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
गत आर्थिक वर्ष ५२ देशबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको थियो । गत आवमा चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै केम्यान टापुहरुबाट १३ अर्ब १० करोड रुपैयाँबराबरको लगानीको प्रतिबद्धता आएको थियो ।
गत आर्थिक वर्ष नेपालमा कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।