मंगलवार, आश्विन १३,२०८३ 06:28:35
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:28:35
Bizshala
Global IME Bank Limited

अपर तामाकोशीमा शुक्रबारदेखि आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद भएको गुनासो

Bizshala
अपर तामाकोशीमा शुक्रबारदेखि आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद भएको गुनासो
New Office

काठमाण्डौ । अपर तामाकोशी हाइडोपावर लिमीटेडमा कार्यरत दोलखा जिल्लाबासी स्थानीय करार कर्मचारी संघर्ष समितिले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।  

जिल्लाबासी स्थानीय करार कर्मचारी र जिल्लाबाहिरका कर्मचारीहरुलाई कम्पनीले उपलब्ध गराउने सेवासुविधामा विभेद गरिएको भन्दै संघर्ष समितिले विभिन्न माग राखी व्यवस्थापनलाई भदौ २८ देखि असोज ३ गतेसम्मको समयसीमा दिएको थियो । सो समयसीमाभित्र पनि आफ्ना माग पूरा नभएपछि संघर्ष समितिले असोज ४ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दोलखाको गोंगरस्थित पावर प्लान्ट सञ्चालनमा कुनै अवरोध नगर्ने उद्घोषसहित संघर्ष समितिले असोज ४ गतेदेखि ५ गतेसम्म शान्तिपूर्ण धर्ना दिनेछ ।  

असोज ६ गतेदेखि भने माग पूरा नभएसम्म कम्पनीको सवारी साधन सञ्चालनमा रोक लगाइने संघर्ष समितिको उद्घोष छ ।  

समितिका संयोजक रामबहादुर खड्काले अपर तामाकोशीमा कार्यरत दोलखाबासी कर्मचारीहरुलाई विगत २ वर्षदेखि उपलब्ध हुँदै आएको सेवासुविधामा विभेद गरिएको प्रष्ट्याए । 

यस सम्बन्धमा कम्पनी व्यवस्थापनलाई  जिल्लाबाहिरका कम्पनीका कर्मचारीहरुले खाईपाई आएको सेवासुविधा नघटाई दोखला जिल्लाबासी र जिल्ला बाहिरका कम्पनीका कर्मचारीहरुमा भएको विभेद अन्त्य गरी दोलखा जिल्लाबासी र जिल्ला बाहिरका कर्मचारीहरुले पाउने सेवासुविधामा समानताका लागि पटक पटक अनुरोध गरेता पनि व्यवस्थापनले सम्बोधन नगरेको उनको गुनासो छ ।  

आफ्ना मागको सुनुवाई नभएपछि दोलखा जिल्लाबासी करार कर्मचारीहरु भदौ २४ गतेको भेलाले संघर्ष समिति गठन गरेको थियो । समितिले दोलखा जिल्लाबासी केही कर्मचारीहरुको हालै कटौती  गरिएको खाईपाई आएको सेवासुविधाको समेत सोधभर्नासहित कटौति गरेको सेवासुविधा उपलब्ध गराउनुपर्ने माग समेत अगाडि सारेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.