काठमाण्डौ । अमेरिकामा चीन र रुसमा बनेका कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी भएको छ । अमेरिकाको वाणिज्य विभागले ल्याउने तयारी गरेको नयाँ कानूनमा चीन र रुसमा निर्मित कार सफ्टवेयरमा प्रतिबन्धको प्रस्ताव गरिएको छ ।
विभागले सुरक्षा कारण देखाउँदै चीन र रुसमा निर्मित कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी गरेको जनाइएको छ । विभागले नयाँ जेनेरेशनको स्मार्ट कारमा उठिरहेको प्रश्नलाई सम्बोधन गर्न केही समयदेखि अटो उद्योगका विज्ञहरुसँग निरन्तर छलफल गरिरहेको छ ।
यसका अतिरिक्त विभागले स्वचालित सवारी प्रणाली र सवारी सञ्चार प्रणालीमा चिनियाँ र रुसी प्रविधिको प्रशिक्षण समेत नगर्न दिने तयारी गरेको छ । प्रतिबन्ध मुख्य गरेर सफ्टवेयरसँग सम्बधित भएपनि केही हार्डवेयरमा समेत लागू हुने जनाइएको छ ।
अहिले धेरैजासे ग्यास र विद्युतीय कारहरु इन्टरनेट वा क्लाउड सेवाहरूमा जडान गर्ने उपकरणहरूले सुसज्जित छन् ।जसका कारण यस्ता सवारी साधनहरु ह्याकिङ हुने सम्भावना बढेको छ ।