काठमाण्डौ । कुमारी बैंक भिसा इन्टरनेशलद्वारा द्वारा दुई विधामा सम्मानित भएको छ ।
असोज ४ गते भिसा इन्टरनेशनलले आयोजना गरेको Leadership ConclaveNepal 2024 सम्मेलनको बैंकलाई २ विधामा सम्मान गरिएको हो । बैंकलाई Excellence in Consumer CreditCards Business र Excellence in Cross – Border Business अवार्डहरुबाट सम्मानित गरिएको छ ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथगर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।