काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
विसं २०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत १८ वर्ष देखी वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखी नै सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भन प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।